बढ्दैछ आयु, रित्तिँदैछन् पहाड

  • आइबार​ १४ मंिर २०८३ ०८:०० AM
काठमाडौं : बितेका दुई दशकमा सगरमाथा क्षेत्रका तीन हिमाली तथा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको सामाजिक र जनसांख्यिक नक्सामा अनौठो विरोधाभास देखिन्छ। एकातिर गाउँगाउँमा पुगेको सडक सञ्जाल, स्वास्थ्य संस्था र विद्यालयको विस्तारले नागरिकको औसत आयु र साक्षरता दरमा ऐतिहासिक फड्को मारेको छ भने अर्कोतिर तीव्र बसाइँसराइका कारण पहाडका बस्तीहरू रित्तिँदै जाँदा जनसंख्या वृद्धिदर निरन्तर ओरालो लागेको छ।राष्ट्रिय जनगणना २०५८, २०६८ र २०७८ का जिल्लागत प्रतिवेदन, जनगणना २०७८ को ‘नेपालमा मृत्य