म्यानमारमा सैन्य हवाई आक्रमण : विवाह समारोह र विद्यालयमा दर्जनौँको मृत्यु

  • आइबार​ १४ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : म्यानमारको सैन्य सरकारले गरेको हवाई आक्रमणमा विवाह समारोहस्थल र विद्यालयसहित विभिन्न स्थानमा दर्जनौँ मानिसको मृत्यु भएको छ ।बिबिसिका अनुसार शनिबार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा आयोजित विवाह समारोहस्थलमा भएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।त्यस्तै, बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रमा रहेको इन योन गाउँको एक विद्यालयमा भएको आक्रमणमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसहित कम्तीमा २० जनाको मृत्यु भएको निर्वासित राष्ट्रिय एकता सरकारले जनाएको