सिमरा : प्रहरीलाई छलेर भागेको कारबाट इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले शनिबार २३७ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।बाराको पथलैयामा रोक्न खोज्दा तिव्र गतिमा भागेको बा१७च २६३६ नम्बरको गाडीलाई पछ्याउँदै प्रहरी गाँजा बरामद गर्न सफल भएको हो । अमलेखगञ्जबाट आउँदै गरेको कार पथलैयाबाट पूर्वतर्फ फरार भएलगत्तै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वको प्रहरी टोलीले उक्त कारलाई पछ्याएको थियो ।प्रहरीले पछ्याएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत जीतपुरसिमरा