कृषि विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA को ‘Certificate of Merit’ अवार्ड

  • शनिबार १३ मंिर २०८३ ०३:२४ PM
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले दक्षिण एसियाली लेखापाल महासंघ (SAFA) बाट लगातार दोस्रो वर्ष प्रतिष्ठित ‘Certificate of Merit’ अवार्ड प्राप्त गरेको छ। बैंकले सार्वजनिक क्षेत्रका बैंकहरूको विधाअन्तर्गत ‘Best Presented Annual Report Awards, Integrated Reporting Awards and Corporate Governance Disclosure’ शीर्षकमा उक्त सम्मान प्राप्त गरेको हो। SAFA ले आर्थिक वर्ष २०८१/८२ को बैंकको वार्षिक प्रतिवेदन मूल्यांकन गर्दै वित्तीय पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनमा देखाएको उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान प्रदान गरेको हो। बंगलादेशको ढाकामा आयोजित विशेष समारोहमा बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो। कृषि विकास बैंकले गत वर्ष पनि SAFA बाट यही सम्मान प्राप्त ... The post कृषि विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA को ‘Certificate of Merit’ अवार्ड appeared first on Kalika Khabar.