नेपालगञ्ज- कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई दिइएको आममाफीको विरोध गर्दै आएका पत्रकार आशिष मल्लमाथि शनिबार साँझ नेपालगञ्जमा रड प्रहार भएको छ। रड आक्रमणबाट उनको टाउकोमा गम्भीर चोट लागेको छ। अहिले उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ। मल्ल नेपालगञ्ज उपमहानगरपालिका–१० औद्योगिक क्षेत्रस्थित ‘लाहुरे रेस्टुरेन्ट’मा कफी पिइरहेका बेला कालो कपडा लगाएका