खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बेच्न खोजेकाे आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई