घुस लिएको भिडियो भाइरल भएपछि बाँकेमा दुई जना ट्राफिक प्रहरी निलम्बित

  • शनिबार १३ मंिर २०८३ ०९:०० PM
काठमाडौं :  डिउटीमा खटिएको समयमा सेवाग्राहीसँग घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले विज्ञप्ति जारी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतका दुई प्रहरी जवानलाई निलम्बन गरिएको जानकारी दिएको छ। निलम्बनमा पर्नेहरूमा अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्