सरकारलाई कांग्रेसको चेतावनी, ‘स्वेच्छाचारिता नरोकिए सडक र सदनबाट प्रतिरोधमा उत्रिने’

  • शनिबार १३ मंिर २०८३ ०२:३४ PM
काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै संविधान, विधिको शासन र जनजीविकाविरुद्धका कदम नसच्याए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार स्वेच्छाचारी बाटोमा अघि बढेको, अर्थतन्त्रका समस्या बेवास्ता गरेको र संवेदनशील राष्ट्रिय मुद्दामा जिम्मेवारी नदेखाएको निष्कर्ष निकालेको हो।