पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड भ्रमणमा

 काठमाडौँ - वर्तमान राजनीतिलाई परै बसेर नियाली रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल र परिवारका अन्य सदस्यसहित आज थाइल्याण्ड जाँदैछन् । 

पूर्वयुवराज्ञी हिमानी शाह भने सोमबार नै थाइल्याण्ड प्रस्थान गरिसकेकी छन् । पूर्वराजा शाहले पूर्वयुवराज पारसबाहेक परिवारका अन्य सदस्यलाई आफूँसँगै लैजाने तय भएको छ ।

निर्मल निवास स्रोतका अनुसार पूर्वराजा शाह स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लागेका हुन् । स्रोतले थाइल्याण्डमा पूर्वराजाको अन्य कुनै राजनीति भेटघाटको कार्यक्रम नरहेको जनाएको छ ।

तर पछिल्लो समय पूर्वराजा शाह वर्तमान व्यवस्थाप्रति खुलेर बोल्न थालेका छन् र पुन शक्तिमा फर्किने अवसरको खोजीमा रहेको चर्चा चल्ने गरेको छ । देशभित्रै पनि उनी नागरिक अभिनन्दन र मठ मन्दिरको दर्शन गर्ने भन्दै बेला बेलामा देश दौडाहामा निस्किने गरेका छन् । केही समय अगाडि भारत भ्रमणमा गएका पूर्वराजाको थाइल्याण्ड भ्रमणलाई महत्वका साथ हेरिएको छ ।