कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक 'साफा अवार्ड'

  • शनिबार १३ मंिर २०८३ ०७:०० PM
काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५” बाट सम्मानित भएको छ। बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको हो। साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो। बैंकले आफ्नो १९ औं वार्षिक साधार