जंगलको मौन डायरी

  • शनिबार १३ मंिर २०८३ ०७:०० PM
‘हात्ती आइगे... फुपा जल्दी आइलो... आ गणेश भगवान् आए...!’आजभोलि हाम्रो दैनिकी यस्तै कोलाहलबीच बित्छ। मान्छेजस्तो शरीरको आकार हेरेर हाम्रो उमेर अनुमान गर्न गाह्रो हुन्छ। फेरि, मान्छेमा जस्तो उमेर लुकाउने वा ढाँट्ने चलन हामी हात्तीमा हुँदैन। म रामकली— ठ्याक्कै ४० वर्षकी भएँ।यो हरियो जंगल नै हाम्रो पुख्र्यौली घर हो, जहाँ बाँच्ने हरेक जीवको आफ्नै संघर्ष र हैरानीको कथा छ। मेरी आमा सुन्दरवती दुई वर्षअघि सन्तान जन्माउन नसकेर यही जंगलमा बित्नुभयो। आमाले बाबासँग लालझाडी–मोहना