चार दशक बैंकिङ क्षेत्रमा बिताएका उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

  • शनिबार १३ मंिर २०८३ १२:४२ PM
नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगोपनमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ। सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्। पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी