ललितपुर। मेगा कलेज, कुमारीपाटी ललितपुरले व्यवस्थापन र मानविकी संकायअन्तर्गत स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ। कलेजले शनिबार धुलिखेलस्थित स्काई गार्डेन रिसोर्टमा दीक्षान्त समारोह आयोजना गरी बीबीएस, बीबीएम तथा बीसीए कार्यक्रम पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो। समारोहका प्रमुख अतिथि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले विद्यार्थीलाई निजी क्षेत्रसँगै निजामती सेवामा समेत प्रवेश गरी मुलुकको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वमा योगदान पुर्याउन आग्रह गरे। उनले नेपालमै हासिल गरेको शिक्षा, ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा कलेजका प्राचार्य डा