कार्यशैली सच्याउन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने कांग्रेसको निर्णय

  • शनिबार १३ मंिर २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने भएको छ। केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारमा कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन र विधिको शासन सुनिश्चित गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको जनाएको हो। बैठकले कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न सरकारलाई सचेत ग