काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे नरदेवी श्वेतकाली देवीनाच अवलोकन गरेका छन् । नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी भएका हुन् । हनुमानढोकास्थित नासल चोक डबलीमा आयोजित कार्यक्रममा उनले परम्परागत देवीनाच अवलोकन गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले पूजाअर्चना गर्नुका साथै पुजारीबाट