काठमाडौं : काठमाडौं उपत्यकाका २० विद्यालयका करिब ९०० बालबालिकाको सहभागितामा आयोजित १४ औँ किन्डर ओलम्पिकको पहिलो चरणको खेलकुद कार्यक्रम भएको छ। शनिबार दशरथ रंगशालामा आयोजित कार्यक्रममा बालबालिकाले २१ प्रकारका विभिन्न खेलमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा एकता टिमका प्रतिनिधिहरूले संयुक्तरूपमा बेलुन उडाएर गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक मेयर डंगोलले