लमजुङ – गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ/घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर/डुक्रा/डुगुरा) नाच घलेगाउँमा प्रदर्शन गरिएको छ । लमजुङको क्होंलासोथर गाउँपालिका–३ घलेगाउँमा स्थानीयले परम्परागत विधि र संस्कारअनुसार प्ला सेबा नाच प्रस्तुत गरेका हुन् । गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्परासँग जोडिएको नाच