नारायणीकोे सिग्नेचर पुलको ठेक्का ‘एक सर्ट’ मा तोड्ने पूर्वाधारमन्त्री लम्सालको चेतावनी

  • शनिबार १३ मंिर २०८३ ०९:३९ AM
चितवन– भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले नारायणी नदीमाथि बन्न लागेको सिग्नेचर पुलको ठेक्का प्रक्रिया खारेज गर्ने चेतावनी दिएका छन् । मन्त्री लम्साल शनिबार पुल निर्माणको अनुगमनका लागि गएका थिए । अनुगमनपछि उनले कामको गति निराशाजनक रहेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएका हुन् । पुल निर्माणको भौतिक प्रगति सम्झौतामा उल्लेख भएभन्दा निकै कम रहेको उनले बताए ।