एशियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमूना पुल धमाधम निर्माण भइरहेको छ । झापाको रतुवा लोहेन्द्रा र वक्रा तीन वटा पुललाई एउटा प्याकेजमा ठेक्का लगाएर धमाधम काम भइरहेको हो । काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्ड अन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगती ६० प्रतिशत पुगेको छ ।