महँगीले भान्सा थिचियो, अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामै छैन : प्रदीप पौडेल

  • शनिबार १३ मंिर २०८३ १०:०८ AM
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको खस्कँदो अर्थतन्त्र, बढ्दो महँगी र संकटग्रस्त जनजीविकाप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रलाई सुधार गर्ने विषय सरकारको प्राथमिकमा नै नपरेको बताएका हुन् । नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको उल्लेख गर्दै उनले