नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरणका बिषयमा जवाफ माग गर्ने 

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरणका बिषयमा नेपाल धितोपत्र बोर्डसंग जवाफ माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले उपसमितिले दिएको सुझावपछि बोर्ड सचेत नभएको र नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरण भएकोप्रति आपत्ति जनाउँदै जवाफ माग गर्ने निर्णय गरेको हो ।

बैठकमा समिति सदस्यहरुले पुँजीबजारबारे उपसमितिले अध्ययनका लागि उपलव्ध गराएको प्रतिवेदनमा बोर्ड गम्भीर नभएको आरोप लगाएका थिए । समिति सदस्य पदम गिरीले नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि सिफरिस गरेपनि त्यसलाई लत्याएर नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया अघि बढ्ने कुरा संवेदनशिल भएको बताए ।