काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाको सम्मान नगरेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीले राष्ट्रपति, संसद् र अन्य संवैधानिक निकायको मर्यादामा आँच पुर्याउने काम गरेको बताएका हुन् । उनले संविधानको व्यवस्था मात्र नभई त्यसको भावना, लोकतान्त्रिक परम्परा र राज्यका संस्थाहरूको मर्यादासमेत सरकारले