सुर्खेत पुगेर रवि लामिछाने भने : कर्णालीमा पार्टीको प्रतिनिधि कम भएपनि विकासमा प्राथमिकता दिन्छौं

  • शनिबार १३ मंिर २०८३ ०२:०० PM
काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताएका छन्। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीबाट पार्टीले कम सिट जितेपनि विकासमा रास्वपाले प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। ‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन। कर्णालीमा हाम्रो आवाज, दूरदराजमा पुग्न सकेन, पुर्‍याउन सकेनौं र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो। तर म आज उभिएर सिङ्गो कर्णालीलाई बाचा गर्न चाहन्