‘किन दैव! आफैं मेट्ने, रच्यौ यति सुन्दर लीलाकिन दैव! मुटु छेड्ने साँच्यौ फेरि मृत्यु–कीला’(टीका चाम्लिङ, सपनाको रङ गीतिसंग्रह, २०६० : ६४)उनै गीतकार टीका चाम्लिङको यही २०८३ मंसिर ५ गते शनिबार ५३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ। कान दुखेपछि अस्पतालमा जँचाउन पुग्दा उनलाई क्यान्सर रोग लागेको पत्ता लागेको थियो। त्यसपछि स्वदेश तथा भारतमा उपचार गराएर उनले आयु लम्ब्याएका थिए। ‘अक्षरले कमाएका इष्टमित्र’को आर्थिक सहयोगले उपचार खर्च धानेको उनले एक अन्तर्वार्तामा बताएका थि