आत्मबोधपछिको मानवजीवन

  • शनिबार १३ मंिर २०८३ ०२:०० PM
‘आफूलाई जित्ने मानिसले मात्र संसारलाई बदल्ने सामथ्र्य राख्छ।’ मानव सभ्यताको विकाससँगै मानिसले ज्ञान, विज्ञान, प्रविधि, अर्थतन्त्र र भौतिक सुविधामा अभूतपूर्व प्रगति गरेको छ। पृथ्वीको एउटा कुनाबाट अर्को कुनासँग क्षणभरमै संवाद गर्न र अन्तरिक्षसम्म आफ्नो पहुँच विस्तार गर्न सक्षम भएको छ।तर, यति धेरै उपलब्धिका बाबजुद मानिसको जीवनमा मानसिक अशान्ति, असन्तुष्टि, लोभ, अहंकार, हिंसा र असहिष्णुता किन घट्न सकेका छैनन् ? मानिस धनी हुँदै जाँदा पनि किन सन्तुष्ट हुन सकेको छैन ? ज्ञान र सूचनाको विस्ता