काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले इनम सापकोटा प्रकरणमा प्रहरी अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाउँदै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता केसीले पक्राउ परेका व्यक्तिको मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिको नियन्त्रणमा रहनु र हिरासतको अडियो बाहिरिनुले अनुसन्धान प्रक्रियामाथि गम्भीर शंका उत्पन्न गरेको बताएका