एमालेका केन्द्रीय कमिटी सदस्य हरिनारायण महतोले लिए सपथ

काठमाडौं - नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हरिनारायण महतोले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

आज आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर महतोल सपथ ग्रहण गरेका हुन् । महतोलाई अध्यक्ष ओलीले सपथ गराएका हुन् ।

सपथका क्रममा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललगायत नेताहरूको सहभागिता थियो ।