‘दुर्लभो मानुषो देहो देहिनां क्षणभंगुरः।तत्रापि दुर्लभं मन्ये वैकुण्ठप्रियदर्शनम्।।’शास्त्रले उद्घोष गरेको छ– क्षणभंगुर प्राणीहरूका निम्ति यो मनुष्य देह नै सबभन्दा दुर्लभ वरदान हो, जुन देवताहरूका लागि समेत ईष्र्याको विषय बन्छ। चौरासी लाख योनिमा अड्किँदै, लट्किँदै, भट्किँदै र छट्पटिँदै बल्लतल्ल परमपिता परमात्माको असीम कृपाले हामीले यो दुर्लभ मानव तन प्राप्त गरेका छौं। आमाको गर्भको त्यो अँध्यारो र कष्टकर कारागारमा ‘मातृगर्भसमं दुःखं न भूतो न भविष्यति’ भन्दै अमिलो, पिर