काठमाडौं । नेपालमा हुन्डी कारोबारको स्वरूप फेरिँदै गएको पाइएको छ । विगतमा रेमिट्यान्स र व्यापारिक भुक्तानीमा सीमित रहेको हुन्डी अहिले सुन तस्करी, कर छली, सम्पत्ति शुद्धीकरण तथा अवैध रकम ओसारपसार गर्ने संगठित सञ्जालका रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट–२०२६’ ले हुन्डी कारोबारमा बैंकिङ