'प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ' : माधव नेपाल

पोखरा - सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको दावी गरे ।

आज ९बिहीबार० समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नु पर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’