थ्रीस्टार हाइड्रोपावरको आईपीओ असार ५ गतेदेखि आउँदै

 काठमाडौँ - थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो । त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणका लागि ७ लाख ३८ हजार ७५० कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकिएको छ ।

बाँकी रहेको ६ लाख ६४ हजार ८७५ कित्तामा कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएरको छ। बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । यस आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन् ।