झापा : झापाको बिर्तामोडस्थित विभिन्न होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो स्थानीय स्तरमा उठ्दै आएको छ।होटल तथा लजमा गैरकानुनी गतिविधि सञ्चालन हुने गरेको जनगुनासोका बीच प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र पारेको छ। यसै क्रममा गएराति एक युवतीसहित तीनजना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–१ अधुवा खोलाको छेउमा रहेको झरना होटल एन्ड लजबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।होटलमा गैरकानुनी गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्र