गण्डकी । सङ्घीय संसद् र प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । शुक्रबारदेखि पोखरामा सुरु भएको सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाले धेरै कानुन बनाए पनि तिनको कार्यान्वयनको अवस्था समीक्षा गर्नुपर्ने बताए । आवश्यकताअनुसार कानुन