बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई नेपाली कांग्रेसले तत्काल निलम्बन नगर्ने भएको छ ।

बिहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने विषयमा समान्य छलफल भएपनि पार्टीले तत्काल निलम्बन नगर्ने भएको हो । पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको छ ।

सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको बताए । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने उनको भनाइ थियो । खाण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने उनले बताए बताए ।