राप्रपाले भ्रष्टाचारविरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ - राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री प्रचचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।