रास्वपा सांसद बब्लु गुप्ताको रोहबरमा लहान सिँचाइ डिभिजन कार्यालयको ताला तोडियो

  • शनिबार १३ मंिर २०८३ ११:०० AM
सिरहा : मधेस प्रदेश सरकारअन्तर्गत सिरहाको लहानस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका केही कोठाहरूको ताला शुक्रबार दिउँसो तोडिएको घटना सार्वजनिक भएको छ ।सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य  निर्वाचित भएका रास्वपा सांसद बब्लु गुप्ता र लहान नगरपालिकाका उपमेयर रामचलितर महतोको रोहबरमा उक्त ताला तोडिएको हो।संघीय सरकारअन्तर्गतको भूमिगत जल सिँचाइ आयोजनालाई कार्यालय सञ्चालनमा कठिनाइ भएको भन्दै थप कोठाको माग गरिएको थियो। सोही विषयमा गत मंसिर २ गते संघीय ऊर्जा, जलस्रोत तथा