संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौँ - संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका उनको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौंको सिफलमा बस्दै आएका थिए ।

२००२ मंसिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए ।

कांग्रेका केन्द्रीय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका थिए ।

बस्नेत २०४८ सालदेखि २०५१ सालसम्म गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष रहेका थिए ।