गृह मन्त्रालयले गर्‍यो ९ सहसचिवको सरुवा, को कहाँ पुगे ?

  • शनिबार १३ मंिर २०८३ ०४:१९ AM
काठमाडौं । गृह मन्त्रालयले ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीलगायत जिल्लामा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो । निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई