मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा बनेको छात्रावास उद्घाटन

  • शनिबार १३ मंिर २०८३ ०४:२३ AM
काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ मा रहेको श्री दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवन उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा छात्रावास भवनको उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत उक्त छात्रावास निर्माण गरिएको हो ।