पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने बताए । उपभोक्ताले गुणस्तरीय,