नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

  • शनिबार १३ मंिर २०८३ ०३:४९ AM
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन मंसिर १३ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो । प्रशासनले जारी गरेको सूचनाअनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ । पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तर काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा ... The post नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने appeared first on Kalika Khabar.