काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कौशलटार शाखाको आयोजनामा ‘प्रयत्न निरन्तर सम्मान तथा सबलीकरणको अवसर’ कार्यक्रम सम्पन्न भएको छ। भक्तपुरको चारदोबाटोमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै बीमा व्यवसायको विस्तार र अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिइएको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धक सनत सत्याललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सीईओ अर्यालले कम्पनीका पछिल्ला गतिविधि, उपलब्धि तथा समग्र बीमा उद्योगको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। उनले बीमा क्षेत्रको विकास, कम्पनीको प्रगति र आगामी ... The post सन नेपाल लाइफको ‘प्रयत्न निरन्तर सम्मान तथा सबलीकरण’ कार्यक्रम सम्पन्न appeared first on Kalika Khabar.