नयाँ पुस्ता, नयाँ कूटनीतिक मार्ग : बालेनसँग उत्साहित भारत !

  • शनिबार १३ मंिर २०८३ ०९:०० AM
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणपछिको कम्पन बाँकी नै छ। विशेषतः विपक्षी राजनीतिक दल र विश्लेषकहरूले भ्रमणका बारेमा विभिन्न टीकाटिप्पणी गरिरहेका छन्। शाहको भ्रमणलाई केवल औपचारिक कूटनीतिक भेटघाट र रुटिन भ्रमणका रूपमा बुझ्नु हुँदैन, किनकि गत भदौको २३ र २४ गतेको घटनापछि सत्ताको चाबी नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ। अझ ठूलो जनमतको समर्थन रहेका प्रधानमन्त्री बालेन परम्परागतभन्दा पृथक् शैलीमा चलिरहेका छन्। अझ रोचक पक्ष ३६ वर्षीय प्रधानमन्त्री वालेन्द्रको ७४ वर्षीय नरेन्