‘नागरिकता खोई ?’ अभियानका अभियन्ता बासुदेव घिमिरेले विदेशमा नागरिकता लिएका नेपालीको वंशजको नागरिकताको निरन्तरता कायम गर्नुपर्ने बताएका छन् । उनले वंशजको नागरिकताको निरन्तरता विदेशमा बस्ने नेपालीको व्यक्तिगत आवश्यकताभन्दा पनि नेपालको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्। नेपाल न्यूज बैंकसँगको कुराकानीमा घिमिरेले ठूलो सङ्ख्यामा नेपाली युवा विदेश पलायन भइरहेका बेला उनीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालसँग जोड्न