एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलि अर्थात् वैशाख ३० गतेसम्म जारी रहनेछ ।

बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेश गरेका थिए ।