भक्तपुर : व्यवस्थापनबिना होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेका विस्थापित परिवारले सेन्टर छोड्न मानेनन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म स्थान खाली गर्न दिएको समयसीमा सकिए पनि उनीहरू सेन्टर छाड्न तयार भएनन्।बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न सूचित गरेको थियो। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूमि समस्या समाधान समिति काठमाडौं