भारत सरकारको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयमा निर्माण गरिएको छात्रावास भवन उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बिहीबार संयुक्त रूपमा नवनिर्मित छात्रावास भवन उद्घाटन गरेका हुन्। उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको