हतारमा बनेका मधेसका कानुन बेकामे

  • शनिबार १३ मंिर २०८३ ०७:०० AM
जनकपुरधाम संविधानले सुनिश्चित गरेको प्रादेशिक अधिकारलाई कानुनी रूप दिँदै संघीयता कार्यान्वयनको अगुवाइ गरेको मधेस प्रदेश आफ्नै कानुन कार्यान्वयनमा भने कमजोर देखिएको छ।प्रदेश स्थापनाको झन्डै ९ वर्षमा प्रदेश सभाले ६६ वटा ऐन पारित गरे पनि तीमध्ये ३६ वटा ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली, निर्देशिका तथा कार्यविधि निर्माण हुन सकेका छैनन्।मधेस प्रदेश सरकारले बालिकाको संरक्षण र सशक्तीकरणका लागि ऐन बनाएको छ। ऐनले बालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्योपचार र सम्पत्तिको सुरक्षालाई अभिभावकको दायित्व