काठमाडौँ : भारतको बिहारमा सरकारी अधिकारीहरूको कार्यशैलीप्रति विधायकहरूले असन्तुष्टि जनाएका छन् । जनताको कामका लागि फोन गर्दा अधिकारीहरूले बेवास्ता गर्ने र सदनमा सोधिएका प्रश्नको भ्रामक तथा अपुष्ट जवाफ दिने गरेको भन्दै उनीहरूले कारबाहीको माग गरेका छन् ।शुक्रबार बिहार विधानसभा अध्यक्ष डा. प्रेमकुमारको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा विधायकहरूले सरकारी अधिकारीहरूको व्यवहारप्रति गुनासो गरेका हुन् । बैठकमा विधायकहरूले जनहितका कामका लागि सम्बन्धित अधिकारीलाई फोन गर्दा तत्काल जवाफ दिनुपर्ने र व्यस्तत