सगरमाथा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता

काठमाण्डौँ - सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका हुन् । 

 बेपत्ता हुने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पाहरू रहेको  सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । 

पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा हराएकाहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् ।